रुपन्देहीमा पनि सलह किरा भेटियो

रुपन्देहीमा पनि सलह किरा भेटियो

रुपन्देही १३ असार । विभिन्न मुलुकमा आतंक मच्चाउँदै आएको सलह किरा नेपालका विभिन्न ठाउँमा देखा पर्न थालेको छ । बारा, पर्सामा देखापरे लगतै रूपन्देही जिल्लामा पनि सलह कीरा देखिएको छ । शनिबार दिउँसो रूपन्देहीको बुटवल क्षेत्रमा सलह देखिएको हो ।

बुटवलको गोलपार्क, सुख्खानगर, शिवनगर क्षेत्रमा सलह देखिएपछि स्थानीयले कीट विज्ञ र नार्कका वैज्ञानिकलाई खबर गरेका थिए । उक्त टोलीले निरीक्षण गर्दा सलह नै रहेको पुष्टि गरेको हो । पक्लिहवा कृषि क्याम्पसका उपप्रध्यापक तथा कीटविज्ञ दीपक खनालले स्थानीयले सलह आएको जानाकारी गराएपछि स्थलगत निरीक्षणका क्रममा लागि सलह कीरा नै रहेको पुष्टि भएको जानकारी दिए । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिक नारायण खत्रीले सलह नेपालमा भित्रिएको बताउँदै यसले यो मौसममा कम आक्रमण गर्न सक्ने बताए । वन क्षेत्रमा समूह नै आएको देखियो । य

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख याम नारायण देवकोटाका अनुसार किसानहरूबाट सलह कीरा भेटिएको कुरा आएको र यस विषयमा अनुसन्धान जारिरहेको बताए । सुख्खानगर क्षेत्रका स्थानीयले सलह कीरा छापेर डिव्वामा राखेपछि वैज्ञानिकलाई खबर गरेका थिए ।



ट्रेन्डिङ