भरतपुर अस्पतालमा मृत्युभएका पुरुषको शव कालीवहादुर गणले व्यवस्थापन गर्दै

भरतपुर अस्पतालमा मृत्युभएका पुरुषको शव कालीवहादुर गणले व्यवस्थापन गर्दै

भरतपुर १३ असार । भरतपुरमा अस्पतालमा मृत्युभएको कैलालीका कोरोना संक्रमितको शव व्यवस्थापन नेपाल आर्मीको कालीवहादुर गणले गर्ने भएको छ । कैलाली गोदावरी नगरपालि–७ का ५० वर्षीय पुरुषको अस्पतालमा उपचारको क्रममा मृत्युभएको हो ।

भरतपुर अस्पतालको सघन कक्ष (आइसीयू)मा रहेको शवको अहिले आर्मीको शव चितवनमै व्यवस्थापन गर्ने तयारी छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले परिवारकै सल्लाहमा चितवनमै कालीबहादुर गणले शव व्यवस्थापनको तयारी गरिरहेको जानकारी दिए । भरतपुर अस्पतालमा उपचारको क्रममा ती कोरोना संक्रमितको विहान ७ बजे मृत्यु भएको थियो । असार १० गतेदेखि चितवन मेडिकल कलेजमा उपचाररत ती पुरुषको बिहीबार राती कोरोना पोजिटिभ पुष्टि भएको थियो । उनलाई असार ११ गते राती १० बजे भरतपुर अस्पतालमा सारिएको थियो ।

विहानसम्म अवस्था सामान्य भएकाले उनलाई भरतपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । दिउँसोदेखि श्वासप्रश्वासमा समस्या देखिदै गएपछि सघन कक्षमा सारिएको ती पुरुष फोक्सोको क्यान्सरका बिरामी थिए ।

यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । यसअघि कोरोना संक्रमित चितवनका एक ६७ वर्षीय पुरुषको पनि भरतपुर अस्पतालमा जेठ २७ गते मृत्यु भएको थियो । उनको पनि कालीबहादुर गणको टोलीले नै शव व्यवस्थापन गरेको थियो ।

फोटोः फाइल-



ट्रेन्डिङ