Banner News
अमेरिकामा २४ घण्टामा ४० हजार संक्रमित थपिए

काठमाडौं १३ असार । अमेरिकामा पछिल्लो २४ घण्टामा ४० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणको यो संख्या निकै धेरै हो ।
संक्रमितको यो आंकडाले लकडाउनमा पूर्ण छुट दिने तयारीमा रहेका केही प्रान्त पछि हटेका बीबीसीले जनाएको छ ।
अमेरिकाका स्वास्थ्य विशेषज्ञहरुले मास्क पहिरिन आग्रह गरेका छन् ।
ब्राजिलमा पनि पछिल्लो २४ घण्टामा अमेरिकाकै हाराहारीमा संक्रमित थपिएका छन् । ♦