देशका अधिकाङ्स ठाउँमा चट्याङ सहितकाेे वर्षा हुनेे सम्भावना

देशका अधिकाङ्स ठाउँमा चट्याङ सहितकाेे वर्षा हुनेे सम्भावना

काठमाडौं । प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका केही स्थानमा आज भारी वर्षाको संभावना रहेको छ ।

देशका अधिकांश भूभागमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति देशको सातवटै प्रदेशमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने विभागले जनाएको छ ।

प्रदेश १,  प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका र प्रदेश ५ का केही स्थानमा भने भारी वर्षाको संभावना रहेको विभागले जानकारी दिएको छ ।



ट्रेन्डिङ