हेटौँडा-कुलेखानी-काठमाडौं सडक  बन्द

हेटौँडा-कुलेखानी-काठमाडौं सडक  बन्द

हेटौंडा १२ असार। हेटौँडा-कुलेखानी-काठमाडौं सडक बन्द गरिएको छ । सडकमा हुने सबै यातायात आवागमन बन्द गरिएको हो।

हाल सो सडक खण्डको भीमफेदीदेखि कुलेखानीसम्म विस्तार तथा स्तरोन्नतिका काम जारी रहेको छ ।

वाग्मती प्रदेश, भौतिक योजना तथा निर्माण मन्त्रालयले सूचना प्रकाशित गरि हेटौँडा-कुलेखानी-काठमाडौं सडकमा सबै यातायात आवागमन बन्द गरिएको जानकारि गराएको हो।त्रिभुवन राजपथ र नौबिस मुग्लिन राजमार्ग प्रयोग गर्न अनुरोध समेत गरेको छ।

सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म सो सडकखण्डमा बन्द भएको जनाएको छ ।



ट्रेन्डिङ