क्वारेन्टाइनबाट भागे २१ जना कोरोना भाइरस संक्रमित

चितवन १२ असार। दैलेखको नौमुले गाउँपालिकास्थित भैरव माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा रहेका २१ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित भागेका छन् ।
प्रहरीका अनुसार उनिहरु बिहीबार राति भागेका हुन।इलाका प्रहरी कार्यालय नौमुका अनुसार क्वारेन्टाइनबाट भागेहरूको खोजी भइरहेको छ ।
आफूहरूलाई कोरोना भाइरस देखिएको १२ दिन नाघिसक्दा पनि थप परीक्षण नभएको भन्दै उनीहरू क्वारेन्टाइनबाट भागेको नौमुले गाउँपालिकाका अध्यक्ष भद्रे बुढामगरले बताए ।
भागेकाहरु मध्ये केहीलाई हिजो राति नै ल्याएर क्वारेन्टाइनमा राखिएको छ भने केहीको खोजी कार्य जारी रहुको गाउँपालिकाका अध्यक्ष भद्रे बुढामगरले बताए।
भैरव माध्यमिक विद्यालय नौमुले बजारमा रहेको क्वारेन्टाइनमा २ जना महिलासहित ९२ जना कोरोना संक्रमित बस्दै आएका छन् ।