स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित

काठमाडौं  १२ असार। प्रधानमन्त्री केपी शर्मा ओली सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा अनुपस्थित भएका छन् ।

बिहान ११ बजेदेखि बालुवाटारमा स्थायी कमिटी बैठक चलिरहेको तर प्रधानमन्त्री ओली बैठकमा अनुपस्थित रहेको स्रोतले बताएको छ । उनको अनुपस्थितिको कारण भने खेलाइएको छैन।

लामो रस्साकस्सीबीच बसेको नेकपा स्थायी कमिटी बैठकमा विभिन्न ७ वटा एजेन्डामा छलफल भइरहेको छ ।

नेकपा स्थायी कमिटीमा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र संगठनात्मक एकताका बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा, एमसीसीसहित ७ वटा एजेन्डामा छलफल भइरहेको छ ।

विविध एजेन्डामा रूकुम चौरजहारी घटना, नागरिकता विधेयक, संघ र प्रदेशसभाका सदस्यहरूको बैठक भत्ता कटौतीलगायतका विषयमा समेत छलफल हुनेछ ।



ट्रेन्डिङ