राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विभिन्न ३ विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विभिन्न ३ विधेयक प्रमाणीकरण

काठमाडौं ११ असार। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ३ विधेयक प्रमाणीकरण गरेकी छिन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालका अनुसार आज प्रमाणीकरण गरिएका विधेयकमा शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न विधेयक, खेलकुद विकाससम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक एवं रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेको छ ।

संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएर प्रमाणीकरणका लागि पेस हुन आएका ३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी हुन् ।



ट्रेन्डिङ