आत्महत्या पछि दैलेखका एक युवकको कोरोना संक्रमण पुष्टि

आत्महत्या पछि दैलेखका एक युवकको कोरोना संक्रमण पुष्टि

चितवन ११ असार। आत्महत्या पछि दैलेखका एक युवकको कोरोना संक्रमण पुष्टि भएको छ।

एक महिना अघि भारतबाट आएका ती २१ वर्षीय युवकले मंगलबार आत्महत्या गरेका थिए।

भारतबाट आएका दैलेख दुल्लु नगरपालिका १० का ती युवक १४ दिन दुल्लु नगरपालिकामा बनाइएको ज्वाला मावि क्वारेन्टिन बसेका थिए।

आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो।

उनले आफ्नै घरमा आत्महत्या गरेका थिए।

बुधबार बिहान उनको शव दुल्लु अस्पताल दैलेख ल्याइएको थियो। सोही दिन स्वाब संकलन गरी कोरोना परीक्षण गर्न सुर्खेत पठाइएको थियो।

आज उनको कोरोना रिपोर्ट पोजेटिभ आएको नगरपलिका प्रमुख धनश्याम भण्डारीले बताए।



ट्रेन्डिङ