खरकाे छानाेे हटाउने अभियानमा पूर्व अर्थमन्त्री पाण्डे

खरकाे छानाेे हटाउने अभियानमा पूर्व अर्थमन्त्री पाण्डे

चितवन ११ असार । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले समृद्ध नेपालकाे सुरुवात गाउँ देखिनै हुनुपर्नेमा जाेड दिदै आएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा साेहि अनुसारको कामलाई तीब्र  पारेका छन् ।  निर्वाचन क्षेत्र नम्वर-१ मा ८ सय घरधुरीमा फुस्काे छाना हटाई जस्ता लगाईने भएको छ ।
बिपन्न परिवारलाई लक्षित गरि शहरी बिकास मन्त्रालयबाट कार्यक्रम पारिएको त्यस क्षेत्रका सांसद एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले जानकारी दिए ।
सांसद पाण्डेका अनुसार राप्ती नगरपालिका का ३६८ घरधुरी , खैरहनी नगरपालिकाका २१६ घरधुरी र रत्ननगर नगरपालिकाका २१६ घरधुरीमा फुस्काे छाना हटाएर जस्ता लगाईनेछ । आर्थिक बर्ष २०७७/०७८ का लागि परेकाे यस कार्यक्रमका लागि प्रति घर ५० हजार सरकारले उपलब्ध गराउने पाण्डेले जानकारी दिए ।



ट्रेन्डिङ