चट्याङ लागेर मकवानपुरमा दुईजनाकाे मृत्युु

चट्याङ लागेर मकवानपुरमा दुईजनाकाे मृत्युु

हेटौंडा ११ असार । मकवानपुरमा चट्याङ लागेर बुधबार  राति दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बकैया–२ कालापानीका बुद्ध घिसिङकी छोरी १७ बर्षीया सम्झना घिसिङ र आशालाल घिसिङकी श्रीमती २५ बर्षीया बिना घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।  चट्याङ लागेर पुर्णबहादुर जिम्वाको छोरा १४ बर्षीय किरण जिम्वा घाइते भएको र उसको दोभान स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

आ–आफ्नो घरमा बसिरहेको अवस्थामा वर्षासँगै चट्याङ पर्दा सम्झनाको घटनास्थलमा र बिनाको दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।



ट्रेन्डिङ