पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु

पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु

पोखरा ११ असार। पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखराको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुष रहेको अस्पतालका सहप्रध्यापक डा अर्जुन आचार्यले जानकारी दिए।

उनको गएराति ११ः३५ बजे मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको संख्या २५ पुगेको छ ।

उनलाई यही असार आठ गते अस्पतालमा भर्ना गरिएको र स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको अस्पतालका सहप्रध्यापक डा अर्जुन आचार्यले जानकारी दिए।।

पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् ।



ट्रेन्डिङ