एसईईको नतिजा साउन मसान्तसम्म

एसईईको नतिजा साउन मसान्तसम्म

काठमाडौं ११ असार। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन मसान्तसम्म प्रकाशन हुने भएको छ । नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै विद्यार्थीको मूल्याङ्कन गर्ने आधार निधो भएपछि विद्यार्थीले अब साउनभित्रै आफ्नो नतिजा हात पार्ने अवस्था बनेको हो ।

साउन १५ भित्र बोर्डले नतिजा प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी गराउनु भयो। नतिजा प्रकाशनका साथै साउनभित्रै ग्रेडसिट विद्यार्थीको हातमा पर्ने बताउनुभयो ।

अवस्था सामान्य रहे र कोरोना भाइरसको सङ्क्रमण भयावह नभएको अवस्थामा साउनभित्रै सबै काम सक्ने योजना बनाइएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी गराउनु भयो।नतिजा प्रकाशनपछि चार लाख ८३ हजार विद्यार्थीको ग्रेडसिट र प्रमाणपत्र प्रिन्ट गर्न, परीक्षा नियन्त्रकको हस्ताक्षर तथा छाप लगाउने कार्यका लागि केही दिन लाग्ने अनुमान गरिएको छ ।



ट्रेन्डिङ