राप्ती नगरपालिका ११ का वडाअध्यक्षको मृत्यु

राप्ती नगरपालिका ११ का वडाअध्यक्षको मृत्यु

चितवन १० असार। चितवन राप्ती नगरपालिका ११ का वडाअध्यक्ष हितबहादुर तामाङको मृत्यु भएको छ । राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार मकवानपुरको भीमफेदीमा उपचारको क्रममा बुधबार दिउँसो उनको मृत्यु भएको हो।

उनी लामो समयदेखि कलेजो तथा जन्डिस रोगसङ्ग जुध्दै थिए।उनी निकै समयदेखि उपचार गराइरहेका थिए । लामो समय चितवन मेडिकल कलेजमा उपचार गराएका उनलाई केही दिनअघि आयुर्वेदिक पद्धतिबाट उपचारका लागि मकवानपुरको भीमफेदी लगिएको थियो ।

बुधबार नै राप्ती नगरपालिकाको सातौं नगर सभामा उनको स्वास्थ्यलाभको कामना समेत गरिएको थियो । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए ।



ट्रेन्डिङ