Banner News
अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक अगाडि नबढ्ने

काठमाडौं १० असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक तत्काल अगाडि नबढाउने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्णय गरेको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकमा अख्तियारलाई अर्को सत्ता बनाउने गरी विधायन समितिले राष्ट्रिय सभामा प्रतिवेदन पेश गरेको भन्दै विधेयकको विरोध गरेका थिए ।
प्रतिवेदनमा आए जसरी नै विधेयक पास गरे दुरुगामी असर पर्ने भन्दै नेताहरुले विरोध गरेपछि यसलाई थाती राख्ने निर्णय भएको एक नेताले जानकारी दिए ।
यस विधेयकलाइ लिएर निजि क्षेत्रबाट पनि असन्तुष्टि आएको थियो।