भ्रष्टाचारीहरुलाई संरक्षण नदिई कारवाहीको दायरमा ल्याऊँ :पुष्पकमल दाहाल प्रचण्ड

भ्रष्टाचारीहरुलाई संरक्षण नदिई कारवाहीको दायरमा ल्याऊँ :पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौं १० असार। बुधबारदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारीहरुलाई संरक्षण नदिई कारवाहीको दायरमा ल्याउनुपर्ने धारणा राखेका छन् ।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीपछि मन्तव्य राख्दै प्रचण्डले यस्तो धारणा राखेका हुन् ।

‘पत्रपत्रिकामा सरकारको भ्रष्टाचार, अनियमितता, घूसखोरीमात्रै समाचार बनेको छ । भ्रष्टाचार, अनियमितता भएका छन् भने छानबिन गरौं ।

दोषी देखिए ती सबैलाई कारबाहीको दायरामा ल्याऊँ’, प्रचण्डको भनाइ उद्धृत गर्दै नेकपा स्थायी कमिटीका एक सदस्यले बताए ।

अध्यक्ष दाहालले यदी भ्रष्टाचारै मात्र बढ्दै जाने हो भने पार्टी समाप्त हुने पनि बताए । सरकार र पार्टीको कामको समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

उनले कोभिड रोकथाम र नियन्त्रणमा अहिलेसम्म सरकारले गरेका प्रयास फलदायी नरहेको निष्कर्ष निकाल्दै यसको पनि समीक्षा हुनुपर्ने औंल्याए ।



ट्रेन्डिङ