२४ घण्टामा थप ६ सय २९ जनामा कोरोनाको संक्रमण

२४ घण्टामा थप ६ सय २९ जनामा कोरोनाको संक्रमण

चितवन १० असार। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ६ सय २९ जनामा कोरोनाको संक्रमण भेटिएको जनाएको छ ।

मंगलवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ सय २९ संक्रमित थपिएको बताएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १० हजार ७ सय २८ पुगेको छ।

डाक्टर गौतमले पछिल्लो २४ घण्टामा ११४ संक्रमित निको भएर डिस्चार्ज भएको पनि जानकारी दिए।निको भएर डिस्चार्ज हुनेको संख्या २ हजार ३ सय ३८ जना रहेको छ।



ट्रेन्डिङ