बकुलहर रत्ननगर अस्पताललाइ प्रदेश स्तरीय अस्पताल बनाइने

बकुलहर रत्ननगर अस्पताललाइ प्रदेश स्तरीय अस्पताल बनाइने

चितवन १० असार । पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पताललाइ प्रदेश स्तरीय अस्पतालमा स्तरोन्नति हुने भएको छ ।पूर्वी चितवनका तिन नगरपालिकालाइ स्वास्थ्य सेवा दिदै आएको छ। वाग्मती प्रदेशले सबै जिल्लामा एउटा प्रदेश स्तरीय बनाउने क्रममा बकुलहर अस्पताललाई प्रदेश अस्पताल बनाउन लागेको हो ।

हाल १५ श्यया रहेको सो अस्पताल प्रदेश स्तरको हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।विश्वबन्धु बगालेका अनुसार बताए ।
उनका अनुसार प्रदेश स्तरको भएसँगै ५० श्ययाभन्दा माथिको अस्पताल बन्ने भएको हो ।
वि।सं २०५८ मा धनधान्याञ्चल महायज्ञ लगाएर आर्थिक सङ्कलन गरी त्यहाँको स्वास्थ्य चौकीलाई अस्पताल बनाइएको थियो । हाल त्यहाँ पाँच विशेषज्ञ चिकित्सकले सेवा दिँदै आएका छन् ।

अस्पतालमा हाल आकस्मिक, बहिरङ्ग, भर्ना गरेर उपचार सेवा, प्याथोलोजी, डायलासिस, भिडियो एक्स–रे, एक्स–रे जस्ता सेवा उपलब्ध छन् । अस्पतालमा प्रसूति, बालबालिका, छाला, दाँत लगायतको विशेषज्ञ सेवा दिइँदै आएको छ । प्रदेश स्तरको अस्पतालमा स्तरोन्नति भए थप विशेषज्ञ सेवासहितको सुविधासम्पन्न अस्पताल बन्ने बगालेको भनाइ छ ।

आउँदो वर्ष अस्पतालमा प्रसूति भवन निर्माणका लागि रु एक करोड ५० लाख बजेट विनियोजन भएको छ । बहुवर्षीय योजनाअन्तर्गत सो भवन बन्नेछ ।



ट्रेन्डिङ