नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बस्दै :एमसीसीबारे छलफल हुने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बस्दै :एमसीसीबारे छलफल हुने

काठमाडौं १० असार। पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।पछिल्लो समयमा विकसित भएको राजनीतिक घटनाक्रमको समीक्षा तथा सरकारका काम कारवाहीबारे छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक आज(बुधवार) बस्दैछ ।

मंगलवार अध्यक्षद्वय ओली र प्रचण्डबीच स्थायी कमिटी बैठकका एजेन्डाबारे छलफल भएको थियो । नेकपाका एक स्थायी कमिटी सदस्यका अनुसार पहिलो दिनको बैठकमा अध्यक्षद्वयले राजनीतिक प्रतिवेदनसहित मन्तव्य पेश गर्नेछन् ।

स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सदस्यहरूले भने सरकारको काम कारवाहीको विषयमा प्रश्न उठाउने तयारी गरेका छन् ।

बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको छ ।

नेकपाको यसपटकको स्थायी कमिटी बैठकमा अमेरिकी आर्थिक सहयोग प्याकेज मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० अनुमोदनबारे पनि पनि बहस हुँदैछ ।

वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरूले एमसीसी अनुमोदन गर्न नहुने भन्दै लबिङ गरिरहेका छन् ।



ट्रेन्डिङ