चितवनमा थप एक जनामा कोरोना भाइरस

चितवनमा थप एक जनामा कोरोना भाइरस

चितवन १० असार। चितवनमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

आज (बुधबार) भरतपुर अस्पताल परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनको कालिका नगरपालिका–३ बस्ने ३९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ । ती पुरुष क्वारेन्टिनमा बसेका थिए ।

योसंगै चितवनमा कुल संक्रमितको संख्या ४३ पुगेको छ ।



ट्रेन्डिङ