थाइल्याण्डबाट ३२५ जना नेपाली स्वदेश फर्किए

थाइल्याण्डबाट ३२५ जना नेपाली स्वदेश फर्किए

काठमाडौं ९ असार। कोरोना भाइरस (कोभिड-१९)बाट प्रभावित भएका ३२५ जना नेपालीलाई थाइल्याण्डबाट स्वदेश फर्काइएको छ ।
बैंककस्थित नेपाली दूतावासका अनुसार यही मंगलबार र जुन १७ गते गरी ३२५ जनालाई नेपाल फर्काइएको हो ।

आज मात्रै(मंगलबार)नेपाल वायुसेवा निगमसंगको समन्वयमा थाइल्याण्डबाट ७८ जनालाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ ।

थाइल्याण्डबाट नेपाल फर्किएकाहरुमध्ये छोटो अवधिको इन्टर्नसिपमा आएकाहरु, विभिन्न विश्विवद्यालयहरुमा अध्ययन पूरा गरेका र अध्ययनरत विद्यार्थीहरु २३४ जना, पर्यटक भिसा र पारिवारिक पूनर्मिलनका लागि आएका ५१ जना, वैदेशिक रोजगारको प्रलोभनमा परी अलपत्र परेका ९ जना, रोजगारी समाप्त भएका २२ जना, नेपालमा आफन्त गुमाएका २ जना, जेलमुक्त भएका एकजना र नावालक बच्चा ६ जना रहेका छन्।



ट्रेन्डिङ