नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको  संख्या १० हजार नाघ्यो

चितवन ९ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोनाको संक्रमण भेटिएको छ ।

मंगलवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ३८ संक्रमित थपिएको बताएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १० हजार ९९ पुगेको छ ।

डाक्टर गौतमले पछिल्लो २४ घण्टामा ७६ संक्रमित निको भएर डिस्चार्ज भएको पनि जानकारी दिए।



ट्रेन्डिङ