नेपालमाथि चीनको गतिविधिबारे सरकारको जवाफ माग

नेपालमाथि चीनको गतिविधिबारे सरकारको जवाफ माग

चितवन ९ असार ।नेपालमाथि चीनको गतिविधिबारे नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले  सरकारको जवाफ माग गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उपसभापति निधिले हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरि ३३ हेक्टर जग्गा चीनद्वारा कब्जा गरिएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘हिमालय र सगरमाथाबारे आपत्तिजनक चिनियाँ गतिविधि हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरि ३३ हेक्टर जग्गा चीनद्वारा कब्जा, गोरखाक‍ो रुई गाउँ कब्जा, क‍ोरोनाबारे सहयोग र चिनियाभाषा पढाउने नाउमा चिनियाँ सेना आउने र सरकारलाई चिनिया पार्टीले तालिम दिएको समाचार आयो। सरकारको जवाफ चाहियो ।’

प्रतिनिधिसभाको मंगलबारको बैठकमा काँग्रेस सांसद मिनेन्द्र रिजालले चिनियाँ कम्युनिस्ट पार्टीका नेताले सत्तारुढ नेकपालाई प्रशिक्षण दिएकोमा आपत्ति जनाएका थिए । पछिल्लो समय चीनियाँ कम्युनिस्ट नेताहरू नेपालको सत्तारुढ दललाई प्रशिक्षण दिने र आन्तरिक झगडा मिलाउने काममा संलग्न हुनु अपाच्य रहेको भन्दै त्यसतर्फ गम्भीर बन्न नेकपाको ध्यानाकर्षण गराएका थिए ।



ट्रेन्डिङ