कालिका नगरपालिकामा रोकिएन चोरी आतंक, घरमै राखेको स्कुटर चोरी (भिडियो सहित )

कालिका नगरपालिकामा रोकिएन चोरी आतंक, घरमै राखेको स्कुटर चोरी (भिडियो सहित )

पिविएम न्यूज
कालिका ९ असार । पूर्वी चितवनको कालिका नगरपालिकामा चोरको विगविगी बढेको छ । कालिका नगरपालिकाको वडा नं. १ मा सोमवार राती स्कुटी चोरी भएको छ । स्थानीय गडुवाचोक नजिकै बस्ने राजु च््योलको घरमा राखिराखेको स्कुटर चोरी भएको हो । ना.५७प५४३९ नम्बरको निलोसेतो कलरको स्कुटर चोरी भएको राजु च्योलले जानकारी दिए । सिरानीमा चावि राखेर ओच्यान नजिकै भित्री वरण्डामा स्कुटर राखेर सुतेका थिए ।– ‘चोरले झ्यालबाट चावि निकालेर स्कुटी लगेका रहेछन’ राजुले भने ।

स्कुटरको डिकीमा राखेको विलबुक, विलबुक सँगै राखिएको मतदान पत्र, केहि नगद लगायत अन्य महत्वपूर्ण कामजात पनि चोरी भएको छ । स्कुटर नोरे तामाङको नाममा छ । ९ महिना अघि विदेश जानेबेला स्कुटी आफ्नो ज्वाई नातापर्ने राजु च्योललाई दिएर गएका थिए । स्कुटर चोरी भएको बारे प्रहरीलाई जानकारी दिएको छ । प्रहरीले चोरी भएको स्कुटरको खोजीकार्य भइरहेको बताएको छ ।

यस अघि सोही वडाकी सविना लोप्चनको मोबाइलपनि चोरी भएको छ । घरमा सुतिरहेको बेला राती १२ बजे झ्यालबाटै मोबाइल चोरी गरेको हो । सिरानीमुनी मोबाइल राखेर सुतेकी सविनाको झुल ब्लेटले काटेर मोबाइल निकालेका थिए । मोबाइल निकालेर चोरले हात्तमा लगाएको बाला निकाल्न खोज्दा सविनाले थाह पाइन । चोरको हात देखेर कराएपछि चोर नजिकैको केराबारीमा छिरें । गाउँभरका स्थानीयहरु उठे, राती नै खोज्न थाले तर भेटाउन सकेनन् ।
त्यस अघि सोही टोलमा बनाउँदै गरेको घरमा प्रयोग गरिएको काठका झ्याल ढोकाका चौकस चोरी भएको थियो । इट्टाको गारो उठाइसकेको अवस्थामा पनि गारो भत्काएर झ्याल ढोकाका चौकस चोरी भएको स्थानीयले बताए । गाउँमा सानो देखि ठूला ठूला चोरीसँगै यस्ताखालका अपराधिक घटनाहरु भइरहेको छ सविनाले भनिन् ।

गरगहना, सुन, मोबाइल, सवारी साधन सँगै पशुपन्छीहरु समेत चोरीहुने गरेको छ । खसीब्राखा देखि हाँसकुखुरा समेत चोरी हुने क्रम रोकिएको छैन । झण्डै वर्षदिन अघि एकजना छिमेकी घरमै हत्या भयो, हत्या के कारणले भयो, कस्ले गर्यो अझै सम्म खुलेको छैन । उसो त यहाँहुने धेरैखालका चोरीका घटनाहरु प्रहरी सम्म पुग्दैनन् । सानोतिनो कुरा भन्दै स्थानीयले चित्त बुझाउँदै आएकाले पनि चोरीहुने क्रम बढ्दै गएको हो । प्रहरीलाई खबर भइहाल्यो भनेपनि ढिला गरी खबर हुनेगरेको स्थानीय आफैले बताउँछन् ।

गाउँका पसलका सटर देखि स्कुलहरु चोरी भएको घटना अझै सेलाउन पाएको छैन । पदमपुर सँगै पुरानो बस्ती लंकालाईन, गडुवाचोक लगायतका क्षेत्रमा चोरको विगविगी बढेको हो ।

 

 



ट्रेन्डिङ