पूर्वी चितवनको रत्ननगरमा डिभाइडरमा ट्रक ठोक्किदा ३ जना घाइते

सुनिता लामा-
रत्ननगर ९ असार । पूर्वी चितवनको रत्ननगरमा गएराति ट्रक डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–२ स्थित सब्जी मण्डी अगाडिको राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना.५.ख ९२९५ नं. को ट्रक डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । दुर्घटना गयराति करीब पौन २ बजेको समयमा भएको थियो।
घाईते हुनेहरुमा दाङ मजगाई नगरपालीकाको २८ वर्षिय ट्रक चालक जीवन बस्नेत,सोही जिल्लाका तुलसीपुर उपमहानगर पालीका ६ का अर्का चालक मदन रोक्का र सल्यान त्रिवेणी गाविस का १९ वर्षिय सहचालक चन्द्र बस्नेत रहेका छन । उनिहरुको अहिले पुरानो मेडीकल कलेज भरतपुरमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।