भरतपुर अस्पतालमा रहेका १९ जनाले जिते कोरोना

भरतपुर अस्पतालमा रहेका १९ जनाले जिते कोरोना

चितवन ९ असार। चितवनको भरतपुर अस्पतालमा रहेका १९ जनाले कोरोनालाइ जितेका छन्। अस्पतालबाट  कोरोनालाइ जितेका १९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज गरिएकाहरु मध्ये भरतपुर महानगरका १० जना, माडी नगरपालिकाका ६ जना, नवलपरासी बर्दघाट–सुस्ता पूर्वका २ जना र कपिलवस्तुका १ जना छन् ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार १६ जनाको १४ दिनसम्म पनि कोरोना संक्रमणको लक्षण नदेखिएपछि र बाँकी तीन जनाको पीसीआर नतिजा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ।

सोमबार साँझ ३ जना घर गएका छन् भने १६ जना आज मंगलबार घर जाँदै छन् । १९ जना डिस्चार्ज भएपछि अस्पतालमा अब ११ जना उपचाररत छन् । यसअघि अस्पतालबाट उपचार पाएर ९ जना संक्रमित फर्किएका थिए । एकजनाको मृत्यु भएको थियो ।



ट्रेन्डिङ