पाल्पा पहिरो अपडेट : मृतकको संख्या ३ पुग्यो  

पाल्पा पहिरो अपडेट : मृतकको संख्या ३ पुग्यो  

वुटलव ८ असार । बुटवलबाट रिडितर्फ जाँदै गरेका ४ वटा सवारीसाधन तानसेन नगरपालिका-११ सम्मोबारीमा पहिरोमा पुरिँदा ३ जनाको मृत्यु भएको छ । घटनास्थलमै २ र १ जनाको पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

पहिरोमा ४ वटा सवारीसाधन पुरिएपछि अहिले प्रहरी, स्थानीयवासी, नेपाली सेना उद्धारमा खटिएका छन् । पहिरोमा लु १ क १९२८ ट्याङ्कर, लु २ ख १३७६ मिनि ट्रक, लु १ च ७०११ अल्टो कार ९ट्याक्सी० लु २ त ७०४३ पिक अप जिप कुखुरा बोक्ने पुरिएका हुन् ।

ठूलो पहिरो भएका कारण अहिले पनि सुरक्षाकर्मी र स्थानियको सहयोगमा थप मानविय क्षति भएनभएको बारे खोजी भइरहेको पाण्डेले बताए । आइतबारदेखि परेको अविरल बर्षाका कारण तानेसेन(भैरवस्थान सडकखण्डको बीचमा रहेको सम्मोबारीमा पहिरो खसेको थियो ।

बिहानैदेखि पहिरो खुलाउने काम भइरहँदा बुटवलबाट गएका त्यी सवारीसाधन पहिरो नजिकै रोकिएका थिए । सोही क्रममा पुनः पहिरो खस्दा सवारीसाधन पुरिएका हुन् ।घटनास्थल पाल्पाको तानसेन बजारदेखि ५ किलोमिटर टाढा तम्घास जाने बाटोमा पर्छ ।



ट्रेन्डिङ