सरकारले भन्योः असार १० गतेपछि लकडाउन पुनः कडाइ गर्ने कुनै तयारी छैन

सरकारले भन्योः असार १० गतेपछि लकडाउन पुनः कडाइ गर्ने कुनै तयारी छैन

काठमाण्डौं ८ असार । असार १० गतेपछि लकडाउन पुनः कडाइ गर्ने कुनै तयारी नभएको सरकारी अधिकारीहरुले बताएका छन् । अहिले पनि लकडाउन कायमै रहेको र जनजीवनलाई सामान्य गराउन सीमित गतिविधिहरु खुकुलो गरिएको सरकारको भनाइ छ । कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलले असार १० देखि पूर्ण लकडाउन हुने हल्ला निराधार रहेको बताए ।

जनताको दैनिक जीवन सहज बनाउन लकडाउन केही खुकुलो गरिए पनि जनता आफैं सचेत हुनुपर्ने बताए । ‘कतै क्रिटिकल केसहरु आए भने निश्चित एरियालाई सिल गर्ने हो र त्यो भइरहेको पनि छ’ उनले भने, ‘लकडाउनका नियम सबैले पालना गरौं ।’

उनका अनुसार दुई सयभन्दा बढी सक्रिय केस देखिएका स्थानमा समुदायमा संक्रमण फैलिन नदिन पूर्ण लकडाउन गरिनेछ । अन्त्रय अनावश्यक रुपमा घर बाहिर ननिस्कन र भिडभाड हुने ठाउँबाट जोगिन जनता आफैं सचेत हुनुपर्ने एवं उपप्रधानमन्त्री पोखरेलले बताए ।



ट्रेन्डिङ