२४ घण्टामा नेपालमा थप ५३५ जनामा कोरोना भाइरस संक्रमण

२४ घण्टामा नेपालमा थप ५३५ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं ८ असार । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। । यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारि दिए।

संक्रमितमध्ये २ हजार १ सय ४२ जना निको भएका छन् भने २३ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

 



ट्रेन्डिङ