खोलाले बगाउँदा पाल्पामा एक महिलाको मृत्यु

खोलाले बगाउँदा पाल्पामा एक महिलाको मृत्यु

पाल्पा ८ असार। पाल्पाको रम्भा गाउँपालिका वडा नंं १ हुंगीमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा वडा नंं. १ हुंगी खोलाखेतकी ७० वर्षकी मनकुमारी सारु भएको वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए।

सोमबार बिहान पन्टार क्षेत्रको बजारमा किनमेल गर्न हिँडेका दुई जना महिलामध्ये सारुलाई एक्कासि माथिबाट आएको खोलाले बगाएको थियो।

खोलाले बगाएपछि उनको खोजी गर्दै जाँदा केही तल खोलाको किनारमा फालेको अवस्थामा स्थानीयले भेटाएका थिए। उनीसँगै गएकी अर्की महिला भने सकुशल रहेकी छन्।



ट्रेन्डिङ