मध्यपूर्व (खाडी)का मुलुकबाट ३ सय १० जना स्वदेश आइपुगे

मध्यपूर्व (खाडी)का मुलुकबाट ३ सय १० जना स्वदेश आइपुगे

काठमाडौं ८ असार । कोरोना महामारिका कारण समस्यामा परेका विदेशमा रहेका नेपालीहरुलाइ स्वदेश फर्काउने क्रममा आज मध्यपूर्व (खाडी)का दुई मुलुकबाट ३ सय १० जना स्वदेश आइपुगेका छन् । जसमा ३ नेपाली कामदारको शव समेत आएको छ ।

नेपाल एयरलाइन्सको आरएनए २३७६ विमानमार्फत बहराइनबाट १ सय ५० जना नेपाली कामदार स्वदेश फर्किएका हुन् भने कुवेतबाट जजिरा एयरलाइन्समार्फत १ सय ६० जना नेपाली स्वदेश आइपुगेका छन् ।कुवेतबाट आएका सबै १ सय ६० यात्रु महिला मात्र रहेका छन् ।

आज स्वदेश फर्किएकाहरुलाई आवश्यक प्रक्रिया पूरा गरेर मात्र सम्बन्धित गृहजिल्ला पठाइने भएको छ । उनीहरुलाई विभानस्थलबाट काठमाडौँको विभिन्न स्थानमा बनाइएको होल्डिङ सेन्टरमा लगिनेछ । बहराइनबाट आएका ३ जनाको शव भने विमानस्थलमा नै आफन्तलाई बुझाइएको छ ।



ट्रेन्डिङ