हेटौंडा-कुलेखानी-काठमाडौं सडकखण्ड अवरुद्ध

हेटौंडा-कुलेखानी-काठमाडौं सडकखण्ड अवरुद्ध

मकवानपुर ८ असार । हेटौंडा-कुलेखानी-काठमाडौं सडकखण्डमा पर्ने भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज बिहान पहिरोल गएको छ।पहिरोको कारण बिहानै देखि सडक अवरुद्ध भएको छ ।

पहिरो गएका ती दुई ठाउँको सडक खुलाउन अहिले स्काभेटरले पहिरो हटाउने काम शुरु गरिसकिएको छ।
बिहान देखिनै सडक खुलाउन प्रयास गरिएको र सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः सुचारु हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।



ट्रेन्डिङ