चितवनमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ८ असार । चितवनमा थप पाँच जना कोरोना संक्रमित फेला परेका छन् । माडी नगरपालिकामा ४ जना र भरतपुर महानगरपालिकामा १ जना कोरोना संक्रमित फेला परेका हुन् । भरतपुरस्थित प्रयोगशालामा पछिल्लो पटक कूल २७० नमुना परीक्षण गरिएकामा चितवनका ५ र पूर्वी नवलपरासीका १६ जनामा कोरोना पुष्टि भएको छ ।

चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिका वडा नं. २, ५, ६ र ८ मा एक–एक जना संक्रमित फेला परेका छन् । उनीहरु ४७, २८, ३४ र ३२ वर्षका पुरुषहरु हुन् । यसैगरी भरतपुर महानगरपालिकाको वडा नं। २८ मा २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको प्रयोशाला स्रोतले बतायो । अहिलेसम्म चितवनमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



ट्रेन्डिङ