अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन चितवन प्रशासनको आग्रह

अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन चितवन प्रशासनको आग्रह

चितवन ७ असार । अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन चितवन प्रशासनले आग्रह गरेको छ । बढ्दै गएको कोभिड १९ को संक्रमणलाई न्यूनिकरण गर्ने उद्देश्यले चितवन प्रशासनले सार्वजनिक सूचना जारी गर्दै भिडभाडमा नजान भनेको हो । प्रशासनले सबैलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न भनेको छ ।

यस्तै समय समयमा साबुनपानीले हातधुने वा सेनिटाइजरको प्रयोग गर्न भनेको छ । यसैगरी निजी सवारी साधन ( मोटरसाईकल समेत ) संचालन गर्दा अनिवार्य रुपमा जोर विजोर प्रणालीलाई ख्याल गरेर संचालन गर्न आग्रह गरेको छ । यस्तै अत्यावश्यक काम ( विरामी बोक्न ) बाहेक अटोरिक्सा प्रयोग नगर्न सबैमा आग्रह गरेको छ ।

प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत खेमराज पौडेलद्धारा हस्ताक्षर गरिएको सूचनामा विवाह, ब्रतबन्ध मृत्यु संस्कार लगायत नगरी नहुने सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु न्यूनतम सामाजिक दुरी कायम गरी १५ जना भन्दाबढी व्यक्ति भेला नभई सम्पन्न गर्न भनेको छ । उद्योग कलकारखाना तथा विकास निर्माणका क्रियाकलापहरु संचालन गर्दा एक स्थानमा एक पटकमा १० जना भन्दाबढी व्यक्तिहरु जम्मा नहुने र अन्यावश्यक काम बाहेक राती १० बजेदेखि विहान ५ बजे सम्म हिडडुल नगर्न आग्रह गरेको छ ।



ट्रेन्डिङ