लागुऔषध सहित पाँच जना भरतपुरमा पक्राउ

लागुऔषध सहित पाँच जना भरतपुरमा पक्राउ

चितवन ७ असार ।  भरतपुरबाट लागुऔषधसहित पाँच जनालाई  चितवन प्रहरीले पक्राउ गरेको छ ।  पक्राउपर्नेमा दुई जना युवतीछन् ।  सुराकीको आधारमा आधारमा प्रहरीले पक्राउ गरेको हो । असार ५ गते राती भरतपुर महानगरपालिका–२ विक्रम मार्गबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुसँगै एउटा बोलेरो गाडी पनि प्रहरीले नियन्त्रण्णमा लिएको छ ।

ना ४ प ४४३९ नम्बरको बोलेरो चेकजाँच गर्ने क्रममा लुकाईछिपाई ल्याईएको विभिन्न प्रकारका लागुऔषधसहित पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रहरीले बोलेरोमा सवार भरतपुर–४ बाह्रघरेका २१ वर्षीय अनुज भन्ने भुदत्त परियारलाई फेनारगन २ एमएलको २५५ थान, नुफिन २ एमएलको २५५ थान, डिजेपाम २ एमएलको २५५ थान बरामद गरेको छ ।

प्रहरीले परियारसंग सोधपुछ गर्दा अन्य चार जनालाई पक्राउ गर्न सफल भएको हो । अन्य पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ नगरवन बस्ने वर्ष २२ का अविनाश बोटे, भरतपुर–२१ बस्ने वर्ष २६ का आशिष थापा, सोही स्थानका २२ वर्षीया कञ्चन उपरकोटी र नवलपरासी (वर्दघाट सुस्ता पूर्व) गैडाकोट नगरपालिका वडा नं.१६  निवासी १९ वर्षीया बबिता महतो रहेकी छिन् ।
उनीहरुलाई सम्मनित चितवन जिल्ला अदालतबाट अनुमती लिई अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।



ट्रेन्डिङ