लकडाउनमा भाडा नलिने भरतपुरका घरधनिलाई कर नलाग्ने

लकडाउनमा भाडा नलिने भरतपुरका घरधनिलाई कर नलाग्ने

भरतपुर ७ असार । लकडाउन अवधिमा घर भाडा नलिने भरतपुरका घरधनीलाई सो अवधिको कर नलाग्ने भएको छ । भरतपुर महानगरपालिकाले घर धनिले भाडा नलिएको प्रमाण पेश गरेमा कर छुट दिने व्यवस्था गरेको हो । राजस्व शाखाका प्रमुख अनुज घिमिरेका अनुसार, घरबहाल कर कमाइसकेको आम्दानीमा लाग्ने भएकाले सो अवधिको छुट दिएको प्रमाणपत्र ल्याउन सके कर छुट दिने तयारी भएको छ । भाडा लिए बराबरको रकमको १० प्रतिशत बहाल कर बुझाउनुपर्ने नियम छ । यस्तो कर वार्षिक वा मासिक तिर्न सकिनेछ घिमिरेले जानकारी दिनुभयो ।

अहिले घरबहाल कर लक्ष्यभन्दा झण्डै आधा मात्रै संकलन भएको छ । लकडाउनका कारण झण्डै ४ करोड राजश्व संकलन गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार, यो वर्ष ८ करोड अनुमान गरेकोमा ४ करोड ७८ लाख ६८ हजार ५ सय ६३ रुपैयाँ मात्रै संकलन भएको छ । गतवर्ष ४ करोड २९ लाख ६१ हजार ३ सय ८१ रुपैयाँ घरबहाल कर शिर्षकमा आम्दानी भएको थियो ।

व्यापारिक प्रयोजनमा १०, आवासीय प्रयोजनमा २ र कृषि प्रयोजनमा प्रयोग भएका घरको १ प्रतिशत कर बुझाउनुपर्ने व्यवस्था रहेको छ । आवासीय प्रयोजनका घरबाट ज्यादै न्यून कर संकलन हुने गरेको छ । सबैघरले बहाल कर तिर्नुपर्ने व्यवस्था भएपनि बैंकिंङ प्रयोजनका लागि मात्रै आवासीय प्रयोजनका घरले कर तिर्ने गरेको पाइन्छ ।



ट्रेन्डिङ