सामाजिक कार्यमा पूर्वअर्थमन्त्री पाण्डेको सक्रियता बढ्दै

सामाजिक कार्यमा पूर्वअर्थमन्त्री पाण्डेको सक्रियता बढ्दै

चितवन ७ असार । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पूर्वी चितवनका तीन वटा नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । चितवन क्षेत्र नं. १ का सांसद समेत रहेका पूर्व अर्थमन्त्री पाण्डेले कोरोना रोगको संक्रमणबाट बच्नको लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेका हुन । पूर्वी चितवनको राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिका क्षेत्रमा पर्ने बकुलहर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन ।

सांसद पाण्डेले आइतबार राप्ती नगरपालिकाका प्रमुख प्रभा वराल, उपप्रमुख इमानसिंह लामा, खैरहनी नगरपालिकाका प्रमुख ललमणि चौधरी, उपप्रमुख सुनिता थपलियालाई सामग्री हस्तान्तरण गरेका थिए ।  त्यस्तै गरी रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, उपप्रमुख विमला दवाडी मार्फत बकुल्लहर रत्ननगर अस्पताललाई सामग्री सहयोग गरेका हुन । स्वास्थ्य सामग्रीमा पीपीइ, एननाइन्टी माक्स, फेससील, हेलमेट, पन्जालगायतको सामग्री वितरण गरेको नेकपा जिल्ला सदस्य केशव कडेंलले जानकारी दिए ।

कोरोना भाइरसबाट बच्नको लागि घर बाहिर ननिस्कने, निस्कनु परेमा स्वास्थ्य सामग्री प्रयोग गरेर काममा जान नेता पाण्डेले अनुरोध गरे । त्यस्तै गरी नेता पाण्डेले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा अवलोकन समेत गरेका छन् । कार्यक्रममा नेकपा नेता काशीनाथ अधिकारी, कृष्ण खनाल, धर्म कार्कीलगायतले उपस्थिति रहेको थियो ।

यो सँगै पूर्व अर्थमन्त्री पाण्डेले आफ्नो निर्वाचन क्षेत्रमा सामाजिक विकासको काममा सक्रियता बढाएको छ । स्थानीयहरुको समस्या बुझ्ने र समाधानको उपाय खोज्ने अभियानमा छन् । मतदाताको घरघरमा पुग्ने वातावरण नभएपनि बेला बेला विभिन्न कार्यक्रम लिएर टोल टोलमा पुग्न थालेका छन् । विकासको काम सँगै अन्य सामाजिक कार्यमा उनको सक्रियाता बढ्दै गएको हो । राजधानी काठमाण्डौं पछि धेरै समय चितवनमै विताउन थालेका छन् ।

 



ट्रेन्डिङ