योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न प्रधानमन्त्रीको आग्रह

योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं ७ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बृद्ध नेपाल सुखी नेपालीका लागि शारीरिक एवं मानसिक रुपले स्वास्थ्य र निरोगी नागरिक आवश्यक रहेको बताएका छन् । योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न सबैलाई आग्रह समेत गरेका छन् । प्रधानमन्त्री ओलीले कोरोना महामारीका वेला औषधीय गुणयुक्त आहर, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्त महत्वपूर्ण भएको समेत बताए । ती कुराका लागि योग शास्त्रले ज्ञान दिँदै आएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

छैठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले भनेका छन्, ‘आधारभूत स्वास्थ्य सेवाभित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा समेत जोड दिँदै हामी निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्दछौं ।’

शारीरिक एवं मानसिक स्वस्थ्य र निरोगी नागरिक समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने मुख्य आधार भएको ओलीले बताएका छन् । ओलीले अगाडि भनेका छन्, ‘अन्तर्राष्ट्रिय योग दिवसको यस अवसरमा योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न म सबैमा आह्वान गर्दछु ।’



ट्रेन्डिङ