पहिरोले जिप पुरिदा एक जनाको मृत्य, ५ घाइते

पहिरोले जिप पुरिदा एक जनाको मृत्य, ५ घाइते

गुल्मी ६ असार । गुल्मीमा पहिरोले जिप पुरिदा १ जनाको मृत्यु भएको छ । शनिबार अपरान्हतिर धुर्कोट गाउँपालिका वडाम्बर ३ हर्रापाटा भन्ने स्थानमा ग १ ज ३९९७ नम्बरको जिप पहिरोमा पुरिएको हो । दुर्घटनामा १९ वर्षका तुल्सीराम काउछाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताए ।

मदाने गाउँपालिका पुर्कोटदहबाट धुर्कोट गाउँपालिकाको सोमरभोमर भन्ने स्थानका लागि छुटेको थियो ।

पाँच जना घाइते भएका छन् । घाइते चालक प्रदीप पुन यात्रु रमेश रानाको अर्घाखाँचीको सन्धीखर्कमा उपचारको लागि लगिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक राजीव श्रेष्ठले बताए ।



ट्रेन्डिङ