गोन्द्राङमा रहेको सडक बोर्डको ढाँट लोथरमा सार्न सबै दलहरु सहमत, आर्थिक वर्षमै सार्ने तयारी

गोन्द्राङमा रहेको सडक बोर्डको ढाँट लोथरमा सार्न सबै दलहरु सहमत, आर्थिक वर्षमै सार्ने तयारी

चितवन ६ असार । लामो समयदेखि विवादमा रहेको भरतपुर १२ गोन्द्राङ स्थ्ति सडक बोर्डको ढाँट लोथरमा सार्ने विषयमा राजनीतिक सहमति बनेको छ । भरतपुर प्रवेश स्थलमै ढाँट राख्दा स्थानीय व्यवसायि देखि सर्वसाधरणलाई समेत दैनिक असर परेको भन्दै यसलाई अयन्त्रै सार्न दवाव दिइरहेका थिए । जिल्ला प्रवेशगर्ने नाका लोथरमा ढाँट राख्ने विषयमा यहाँका राजनीतिक दलहरु एकजुट भएका छन् ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार संघीय र प्रदेश साँसदहरु समेतको उपस्थितिमा शुक्रबार सम्पन्न सर्वदलीय सर्वपक्षिय बैठकले त्यस किसिमको सहमति भएको हो ।  एउटै जिल्लाको एक सहर बाट अर्को सहरमा जाँदा सडक दस्तुर बुझाउनुपर्ने बाध्यताका कारण उक्त ढाट सार्ने विषयमा यस अघिनै सहमति जुटेको भएपनि आर्थिक बर्षको पर्खाईमा रहेको थियो । केही समय अगाडि पूर्वी चितवनका बासिन्दा र ढाँट कर्मचारीबीच भएको भएको विवाद र प्रहरी विटमा भएको आगजनीमा परि एक जना जुनियर प्रहरी अधिकृत घाइते समेत भएकी थिइन् । आर्थिक बर्षमै ढाँट सार्ने गरी सर्बदलिय सहमति जुटेको हो ।

फाइल फोटो-



ट्रेन्डिङ