कोरोना नियन्त्रणमा भ्रष्टाचार गरेको आरोपमा जिम्बाब्वेका स्वास्थ्य मन्त्री पक्राउ

कोरोना नियन्त्रणमा भ्रष्टाचार गरेको आरोपमा जिम्बाब्वेका स्वास्थ्य मन्त्री पक्राउ

काठमाण्डौ ६ असार । कोरोना भाइरस नियन्त्रणका सामग्री किन्दा भष्टाचार गरेको आरोपमा जिम्बाब्वेका स्वास्थ्य मन्त्री पक्राउ परेका छन् । कोरोना रोकथाम र नियन्त्रणको लागि बन्दोबस्ती र मेडिकल सामग्रीमा भ्रष्टाचार गरेको अभियोगमा जिम्बाब्वेका स्वास्थ्य मन्त्री ओबादी मोयो गए राति पक्राउ परेका हुन् । जिम्बाब्वेको भ्रष्टाचार नियन्त्रण आयोगले उनलाई पक्राउ गरेको हो ।

मन्त्री मोयोलाई पक्राउ गरिएको र अदालतमा उपस्थित गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता जोन माकामुरेले बताएको चिनियाँ टेलिभिजन सीजीटीएनले जनाएको छ । मन्त्री मोयोले खरिद प्रक्रियाको गलत प्रयोग गरेर लाखौँ अमेरिकी डलर भ्रष्टाचार गरेको आरोप लागेको छ । जिम्बाब्वेमा औषधि वितरण गर्दै आएको एक कम्पनी गएको हप्ता छानबिनमा तानिएपछि मन्त्रीले नै भ्रष्टाचार गरेको भेटिएको हो ।

जिम्बाब्वेमा अहिलेसम्म कोरोनाका पाँच सय बिरामी छन् भने चार जनाको ज्यान गएको । स्वास्थ्य मन्त्री प्रकरणपछि जिम्बाब्वेमा वर्तमान सरकारमा दुई जना मन्त्री भ्रष्टाचारको अभियोगमा पक्राउ परेका छन् ।



ट्रेन्डिङ