खोलाले बगाएर बेपत्ता भएका मृत भेटिए

खोलाले बगाएर बेपत्ता भएका मृत भेटिए

तनहुँ ६ असार । शुक्लागण्डकी– ९ मा पर्ने सुरौदी खोला तर्ने क्रममा गत सोमबार  बगाएर बेपत्ता भएका युवक पाँच दिनपछि आज मृतावस्थामा फेला परेका छन् । खोटाङ जिल्ला घर भई हाल शुक्लागण्डकी– ८ मा दिदीभिनाजुसँगै बसेर ज्यालादारी मजदूरी गर्दै आएका १७ वर्षीय रामबहादुर राईलाई खोलाले बगाएको थियो ।

शुक्लागण्डकी – ४ र ८ का बीचमा पर्ने सेती पुलमुनि तैरिरहेका अवस्थामा देखेपछि प्रहरीको सहयोगमा शव बाहिर निकाल्न सफल भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।



ट्रेन्डिङ