Banner News
शनिबार नेकपाले बोलायो सचिवालय बैठक

काठमाण्डौं ५ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार सचिवालय बैठक बोलाएको छ । विभिन्न समसामयिक विषयमाथि छलफल गर्न नेकपाले शनिबार बिहान ९ बजे सचिवालय बैठक बोलाएको हो ।
बैठकमा मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) बारे निर्णय हुन सक्ने बुझिएको छ । एमसीसीको विषयलाई लिएर नेकपाभित्र लामो समयदेखि विवाद हुँदै आएको छ ।
यसअघि नेकपाले आइतबार साँझ सचिवालय बैठक बोलाएको भएपनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।