विदामा घर आएकालाई रोजगारीको लागि विदेश जान दिने निर्णय

विदामा घर आएकालाई रोजगारीको लागि विदेश जान दिने निर्णय

काठमाण्डौं ५ असार । सरकारले वैदेशिक रोजगारी खुला गर्ने निर्णय गरेको छ । कोभिड(१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले विदेशबाट विदामा आएका र करार अवधि बाँकी रहेकाहरूको लागि विदेशमा रोजगारीको लागि जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

शुक्रबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बिदामा आएर विदेश जान नपाएकाहरूको लागि जान दिने निर्णय गरिदिन कोभिड(१९ संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा श्रम स्वीकृतिको नयाँ निर्णय नगरिएको तर बिदामा आएर श्रम करार अवधि बाँकी भएकाहरूको लागि उडान अवरोध मात्र हटाइएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

‘जो बिदामा आएका छन् उनीहरूको लागि मात्र हो’, उनले भने, ‘जुनसुकै देशबाट नेपाल आएर विदेश जान नपाएकाहरू अब जान पाउनेछन् ।’

विदेशबाट नेपाली ल्याउन चार्टर्ड गरिएको जहाजमार्फत् जान सक्ने उनले बताए । सरकारले गत २९ फागुनबाट श्रम स्वीकृति रोक्ने निर्णय गरेसँगै वैदेशिक रोजगारीको बाटो ठप्प रहेको छ ।



ट्रेन्डिङ