वडाबासीलाई निशुल्क फलफुलको विरुवा वितरण

वडाबासीलाई निशुल्क फलफुलको विरुवा वितरण

दीपेश चौधरी
सौराहा ५ असार । रत्ननगर नगरपालिकाको वडा नं. ७ ले आफ्ना वडाबासीलाई फलफूलको विरुवा वितरण गरेको छ । शुक्रवार (आज) पडरियाका १ सय ३० घर धुरी र मैनाहा, सिसुवारका २ सय २९ घर धुरीलाई विभिन्न प्रजातिका फलफूवको विरुवा वितरण गरिएको वडा अध्यक्षले जानकारी दिए ।

प्रतिघरधुरी ४ वटा विरुवा वितरण गरिएको हो । शनिवार (भोलि) वडाका मालपुर, लौखनी, बद्रनी गाउँमा फलफूलको विरुवा वितरण गर्ने कार्यक्रम छ । वडालाई हरियाली र फलफुल युक्त क्षेत्र बनाउने उदेश्यका साथ आफ्ना वडाबासिलाई आँप, लिचि, अनार, अम्बा तथा कागतिको विरुवा वितरण गरिएको वडा अध्यक्ष लाल बहादुर भट्ट(राजन)ले जानकारी दिए ।

पर्यटकिय क्षेत्र सौराहा संगै जोडिएकोले फलफुलको अत्याधिक माग हुने गर्दछ । बाहिरबाट आयात हुने फलफूललाई न्यूनिकरण गर्ने र स्थानीयको आय आर्जनमा थप टेवा पुग्ने विश्वास छ । प्याराडाइज यूवा क्लबको सहकार्यमा सिसुवार खेल मैदान वरिपरि फलफूलको विरुवा रोप्ने र खेल मैदानको पूर्व पट्टी रहेको खाली जमिनमा विभिन्न प्रजातिका फलफूलको विरुवा रोपी फ्रुट गार्डेन बनाइने अध्यक्ष भट्टको योजना छ ।

वडा भित्र करीव ४ हजार ५ सय विरुवा रोपिने छ ।  फलफूलका विरुवाहरु रत्ननगर वडा न.ं ६ का लोकनाथ सापकोट र शंकर चौधरीले निशुल्क उपलब्ध गराएका हुन । ((००))



ट्रेन्डिङ