पूर्वि चितवनका विभिन्न स्थानमा शनिबार बिधुत सेवा बन्द हुने

पूर्वि चितवनका विभिन्न स्थानमा शनिबार बिधुत सेवा बन्द हुने

सुनिता लामा-

रत्ननगर ५ असार । पूर्वि चितवनका विभिन्न स्थानमा भोली बिहान ७ बजे देखि दिँउसो २ बजे सम्म बिधुत सेवा बन्द हुने भएको छ ।  भरतपुर १३२/३३ /११ के.भी. सवस्टेशनबाट टाँडी बितरण केन्द्रको पर्सा ३३/११ सवस्टेशनका लागि ल्याईएको ३३ के.भि. सबट्रान्स्मिशन लाईन तथा ११ के.भि भरतपुर २ फिडरमा मर्मत सम्भार तथा बुश कटिङ्ग गर्नु पर्ने भएकोले बिधुत आपूर्ति बन्द गरिएको नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी बितरण केन्द्रले जानकारी गराएको छ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै रत्ननगर टाँडी बितरण केन्दको पर्सा ११ /३३ के.भी.सवस्टेशन बाट बितरण गरिएका सम्पूर्ण लाईन तथा भरतपुर १३२ /३३/११ के.भी. सवस्टेशन बाट वितरण गरिएका ११ के.भी. लाईन बन्द हुने जनाएको हो ।
असार ५ गते भोलि बिहान ७ बजे देखि दिँउसो २ बजे सम्म बिधुत बन्द हुने जारी सूचनामा उल्लेख छ ।  बिधुत आपूर्तीसेवा बन्द हुँदा सम्पूर्ण उपभोक्ताहरुमा पर्न जाने असुविधा प्रति प्राधिकरणले क्षमायाचना समेत गरेको छ ।



ट्रेन्डिङ