भारतले लगायो काँकडभिट्टा नाकाबाट हुने निर्यातमा प्रतिबन्ध

भारतले लगायो काँकडभिट्टा नाकाबाट हुने निर्यातमा प्रतिबन्ध

चितवन ५ असार। भारतले काँकडभिट्टा नाकाबाट निर्यात हुने सम्पूर्ण वस्तुहरूमा भारतले रोक लगाएको छ।

लकडाउन सुरु भएको केहि समय पश्चातनै औपचारिक रूपमै उक्त नाकाबाट निर्यातमा रोक लगाइएको तर बीचमा सहमतिमा व्यवसायीहरूले सहज रुपमा निर्यात गरिरहेका थिए।

नेपालबाट भारत तथा बंगलादेशका लागि हिँडेका चिया, अलैंची र अम्रीसोका निर्यात रोक्दा ट्रकहरू मेची पुलमा रोकिएका छन्।

यहाँबाट जाने सम्पूर्ण सामग्रीहरू रोकिएका छन्, जान दिइएको छैन। करिब २५ वटा ट्रकहरू मेचीको पुलमै रोकिएका छन्,ु भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने।

निर्यातमा रोक लगाइए पनि आयात भने भइरहेको उनले जानकारी दिए।

पश्चिम बंगाल सरकारले लकडाउनपछि नेपालबाट जाने वस्तुहरूमा रोक लगाएको थियो। लकडाउन खुकुलो भएसँगै अनुमति दिने आशमा गएका ट्रकलाई रोकिएको हो।

पश्चिम बंगाल सरकारसँग निर्यातलाइ सहज बनाउनका लागि छलफल भइरहेको दाहालले बताए।



ट्रेन्डिङ