हो सरकार हो अहिले चाहिँ सकिन तिर्न मैले कर

हो सरकार हो अहिले चाहिँ  सकिन तिर्न मैले कर

आर पि पन्त –

हो सरकार हो अहिले चाहिँ सकिन तिर्न मैले कर ।

हजुर हो सरकार हो अहिले चाहिँ सकिन तिर्न मैले कर । यो पहिलो हो र अन्तिम पनि न पत्याए कर को रेकेर्डमा हेर कहिलै छलिन मैले कर।

हजुर हो सरकार हो अहिले चाहिँ सकिन तिर्न मैले कर
आमको गर्वमा नौ महीने अवधि सकेर यस ब्रह्माण्डमा मेरो आगमन देखी अहिले सम्म कहिलै छलिन मैले कर।

हो सरकार हो अहिले चाहिँ सकिन तिर्न मैले कर
यस ब्रह्माण्डमा मेरो आगमन कर(जन्मदर्ता) देखी मेरा बा आमले मेरो नाममा खोलिलिदिएका कर द्रार देखि कहिलै बिमुख भैन म मलाई माफ गर सरकार अहिले चाहि सकिन तिर्न मैले कर ।

हो सरकार हो अहिले चाहिँ सकिन तिर्न मैले कर
स्कूल स्तर सर्टिफिकेट देखि क्याम्पस सम्म
यस मुलुकको नागरिक पहिचान पत्र (नागरिकता) देखी राहदानी सम्म कहिलै छलिन मैले कर।

हो सरकार हो अहिले चाहिँ सकिन तिर्न मैले कर सकेका बेला तिरेकै हुँ अर्काकि छोरिलाई जिवन साथि बनाए बापत पनि तिरेकै हुँ मैले कर।

हो सरकार हो अहिले चाहिँ सकिन तिर्न मैले कर
राहदानि हातमा च्यापि विदेशीनु पूर्व बिभिन्न शिर्षकमा पनि तिरेकै हुँ मलै कर।

हो सरकार हो मलाई माफ गर अहिले चाहिँ सकिन तिर्न मैले कर
विदेशी भूमिमा पसिनासगं साटिएको पैँसा आफ्ना लालाबालालाई नुन् तेल खर्च पठाए बापत पनि तिरेकै हु मलै कर।

हो सरकार हो अहिले चाहिँ सकिन तिर्न मैले कर
विदेशी भूमीमा पसिनालाई पैसामा रूपान्त्तण गरि पठाएको रकम ले बस्ने बासका निम्ति एक टुक्रा जमिन लिँदा पनि तिरेकै हुँ मैले कर।

हो सरकार हो अहिले चाहिँ सकिन तिर्न मैले कर
लालाबालालाई वँत लगाउने सानो झुप्रो बनाउदा पनि तिरेकै हुँ मैले कर।

हो सरकार हो अहिले चाहिँ सकिन तिर्न मैले कर
आफ्ना लालाबालालाई भेट्न जन्मभूमी आएर फर्कदा पनि श्रम नविकरण देखि विभिन्न बाहानामा तिरेकै हुँ मैले कर।

हो सरकार हो अहिले चाहिँ सकिन तिर्न मैले कर।
अन्यथा नठान सरकार नियतले हैन नियतिले हो तिरौला भन्दा भन्दै कोरोना माहामारि आईदियो सकिन तिर्न मैले कर।

हो सरकार हो सकिन मैले अन्तिम पटकको तिर्न कर विदेशी भूमीमा देहावसान भयो छाडिजानु पर्यो यो सन्सार हो सरकार हो अहिले चाहिँ सकिन तिर्न मैले कर ।

हो सरकार हो अहिले चाहि सकिन तिर्न मैले कर
काठकै बाकसमा फर्केर भएपनि तिरौला भन्ने थियो कर आखिर मृत शरीर न पर्यो जस्ले जता पल्टाए पल्टि गए बोकेर मनमा रहर। हो सरकार हो अहिले चाहिँ सकिन तिर्न मैले कर।

हो सरकार हो अहिले चाहिँ सकिन तिर्न मैले कर मन भरि बोकि गए कर तिर्ने रहर कोरोनाका कारण मेरो पार्थिव शरीर फर्कन सकेन घर हो सरकार हो अहिले चाहिँ सकिन तिर्न मैले कर।

सात समुद्र पारि अन्त्यष्टि भयो आफुसंगै गयो कर काठका बाकसमा फर्कियर भएपनि आफ्नो सरकार लाई तिरौला भन्ने थियो रहर हो सरकार हो अहिले चाहिँ सकिन तिर्न मैले कर ।

हो सरकार हो अहिले चाहिँ सकिन तिर्न मैले कर
छैन परिवारको चिन्ता, छैन मनमा केहि गुनासो छ त केवल सुर्ता छ, सकिन तिर्न पार्थिव शरीर बाट तिर्नु पर्ने अन्तिम कर हो सरकार हो मलाई माफ गर मैले सकिन तिर्न अन्तिम कर। सकिन तिर्न मैले मेरो सरकारलाई अन्तिम कर मेरो सरकारलाई अन्तिम कर।

लेखकःरत्ननगर २, चितवन, हाल पूर्वीअफ्रीका सिसेल्समा हुनुहुन्छ ।



ट्रेन्डिङ