कैलालीमा ८ लाख ९३ हजार नगदसहित ७ जना जुवाडेलाई पक्राउ

कैलालीमा ८ लाख ९३ हजार नगदसहित ७ जना जुवाडेलाई पक्राउ

कैलाली ५ असार । कैलालीमा ८ लाख ९३ हजार नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरिएको छ । बिहीबार साँझ जिल्लाको घोडाघोडी नगरपालिका-१ सुख्खडस्थित करन धामीको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी) र ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ८ लाख ९३ हजारनगदसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका-१ बस्ने ३२ वर्षका अक्कलबहादुर शाही, सोही स्थान बस्ने दिपेश ऐर, लम्कीचुहा नगरपालिका-४ वस्ने ४० वर्षीय विक्रम वुढा, धनगढी उपमहानगरपालिका-३ का ३८ वर्षका तिलक अधिकारी, टीकापुर नगरपालिका-१ बस्ने ४० वर्षीय मोहन जैशी, लम्कीचुहा नगरपालिका-१ का ३० वर्षीय कमल चौधरी र बैतडीको पुर्चौडीनगरपालिका-८ बस्ने ५० वर्षीय कैलाश सिह धामी रहेका छन् ।

उनीहरूको साथबाट पैसासहित ७ थान मोबाइल पनि बरामत गएिको प्रहरीले जनाएको छ ।



ट्रेन्डिङ