सकियो चौरजहारी हत्याकाण्डका २९ जना प्रतिवादीको बयान

सकियो चौरजहारी हत्याकाण्डका २९ जना प्रतिवादीको बयान

चितवन ४ असार। जाजरकोटका नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको चौरजहारीको सोती काण्डमा ३४ जना प्रतिवादीविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर भएका थियो।सामूहिक हत्याकाण्डमा प्रतिवादीमध्ये पक्राउ परेका २९ जना सबैको बयान बिहीबार सकिएको छ।

चौरजहारी नगरपालिका वडा नं। ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटी, उनका अभिभावक लगायतका २९ जना पक्राउ परेका छन्।

अधिवक्ता रामचन्द्र गौतमका अनुसार बिहीबार २९ जना प्रतिवादीको बयान सकिएको हो।

प्रतिवादीमध्ये ५ जना भने फरार छन्।

यसअघि नै नवराजकी प्रेमिका भनिएकी १७ वर्षीया किशोरी र अर्का एक बालकको समेत थुनछेक बहस पूरा भई उनीहरूलाई बालसुधारमा राख्न आदेश भइसकेको छ।

तीबाहेक वडाध्यक्ष, केटीका अभिभावकसहित अन्य २७ जनाको शुक्रबारदेखि थुनछेक बहस हुने भएको छ।



ट्रेन्डिङ